नकल्ली नोट छाप्ने मसिन सहित एक युवक पक्राउ

Share:

नोभेम्बर ,८

काठमाडौं / नकल्ली नोट छाप्ने  मसिन सहित एक युवक पक्राउ परेका छन् ।

प्रहरी कार्यलय कपनबाट खटिएको टोलीले आइतवार राति काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कर्मा गुरूङलाई पक्राउ गरिएको हो। प्रहरी  इन्स्पेक्टर नवराज सापोकोटाले जानकारी दिए । उनका अनुसार नक्कली नोट छाप्ने काम भइरहेको विशेष सूचना पाएपछि प्रहरीले गुरुङको डेरामा छापा मारेको थियो ।

प्रहरीले कोठाबाट एक हजार दरका २२६ थान नक्कली नोट, नक्कली नोट फोटोकपी तथा प्रिन्ट गर्ने मसिन १ थान, डिजिटल तराजु १ थान, साटिसकेको नगद २६ हजार ८०० रुपैयाँ, ल्यापटप र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद गरेको हो ।
उनीमाथि थप अनुसन्धान तथा म्याद थपका लागि प्रहरी वृत्त बौद्ध पठाइएको इन्स्पेक्टर सापकोटाले बताए । नक्कली नोट बजारमा गइसकेकाले सबै नागरिकलाई कारोबार गर्दा सचेत रहन समेत आग्रह गरिएको सापकोटाले जानकारी दिए ।

Share:

सम्बन्धित समाचारहरू