परारास्ट्रमन्त्री नारायण काजि श्रेष्ठ र एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल भेटवार्ता सम्पन्न

Share:

नेपाल सरकार परराष्ट्र मन्त्रालयका माननीय परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल

भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटघाटको क्रममा समग्र माल्टाबासी दाजुभाई तथा दिदीबहिनीहरूको अहिलेको अवस्था को बारेमा जानकारी गराउनुको साथै भेटको क्रममा मन्त्री श्रेष्ठले माल्टाबासिको अबस्था र समस्याको बारेमा निकै चासो को रुपमा हेरेको र नेपाल सरकार ले कुटनैतिक रुपमा गर्नु पर्ने पहल कदम अगाडी बढाएको जानकारी गराएको थियो ! साथै  मन्त्री गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले त्यहाँका नेपालीहरूको समस्याहरूको बारेमा सधैं नेपाल सरकारलाई जानकारी गराइरहेको र नेपाली राजदुतावास लन्डन स्पेनसँग समन्वय गरि माल्टाबासिको हकहितमा गरेका कार्य प्रति गैर आबासीय नेपाली संघ माल्टा लाई धन्यवाद ब्यक्त् गर्नु भएको छ ! आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय दिएर हाम्रो कुरा राख्ने मौका दिएकोमा मन्त्री श्रेष्ठ लाई   अध्यक्ष खनालले धन्यवाद  तथा आभार प्रकट गरेका थिए।

 

Share:

सम्बन्धित समाचारहरू