नेपाली समाज माल्टाको प्रथम महाधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा ज्ञान बहादुर लामालाई निर्विरोध निर्वाचित गर्दै शनिबार महाधिवेशन सम्पन्न भएको हो । नेपाली समाज माल्टाका संस्थापक अध्यक्ष दिनेश कार्कीको अध्यक्षतामा महाधिवेशन शनिबार सम्पन्न भएको थियो । रोजगारीको सिलसिलामा माल्टामा रहेका सबै नेपालीहरुलाई एकै ठाउँमा राख्नको लागि संस्था स्थापना गरिएको कार्कीले बताए । माल्टामा आएका सबै नेपालीलाई जोड्ने संस्थाहरु कोही दिखिएनन् । आआफ्नो क्षेत्रलाई समेटेर संस्था र समाजहरु गठन भएको अवस्था थियो । आवश्यक्ता भन्दा बढी संस्था र समाजमा राजनीति भएको अवस्थामा सबै नेपालीहरुलाई अपनत्व हुनेगरी नेपाली समाज माल्टा गठन गर्नु परेको उनी बताउँछन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा पनि थियो । उक्त संस्थाले पनि सबैलाई जोडेर अगाडी जान नसकेको हामीले पायौ । सामाजिक संस्थामा पनि अति राजनीतिक र एनआरएनए माल्टामा रहेका धेरैको सामाजिक छवी ठिक नभएकोले जनमानसमा विश्वास गुम्दै गएको थियो । माल्टामा रहेका नेपालीका पक्षमा स्वतन्त्र रुपमा आवाज उठाउन र गलत गतिविधीका बारेमा खबरदारी गर्न नेपाली समाज माल्टाको स्थापना भएको र आज महाधिवेशन गर्न सफल भएकोमा धेरै खुसी लागेको कार्कीले माल्टा नेपाल अनलाइनलाई बताए । आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद् समेत दिएका छन् ।
नव निर्वाचित अध्यक्ष लामाले संस्थाको नीति नियमको पालना गरेर अगाडी बढ्ने बताएका छन् । समस्यामा परेका नेपालीहरुको सुखदुःखमा साथदिने, माल्टा सरकारको नीति नियमको बारेमा सबैलाई जानकारी दिनका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, नेपाली संस्कृती झल्काउने साँस्कृतिक कार्यक्रम आयोजना गर्ने लामाले बताए । काम गर्नका लागि विदेश आएका सबलेै नेपालीको हीतमा काम गर्ने हो । तरयहाँ राजनीति धेरै भएको पाइन्छ र सामाजिक संस्थाहरुले पनि राजनीति गरेका छन् । एनआरएनए माल्टामा हुने राजनीतिले पनि संस्थामा सबै जोडिएर जान नसकेकोले सबैलाई संगै लैजानको लागि नेपाली समाज माल्टाको तर्फबाट आफूले भूमिका खेल्ने लामा बताउँछन् ।
कुनैपनि संघसंस्थाको राम्रा कामको सर्मथन गर्ने तर गलत कामका लागि चुप भएर नबस्ने भन्दै एनआरएनए जस्ता सामाजिक संस्थामा पार्टीगत रुपमा चुनावको प्रर्तिसपर्धा हुनु गलत भएकोले यस्ता गलत कदमका विरुद्ध आफू र आफ्नो संस्थाले निरन्तर आवाज उठाई रहने उनले बताए । महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका ११ जना कार्यसमितिको नाम र पद यो समाचार तयार पार्दासम्म संस्थाका जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्दापनि माल्टा नेपाल अनलाइनलाई उपलब्ध नगराएकोले सबैको नाम र पद नसमेटिएको हो ।



