नेपाली व्यवसायी संघको साधारण सभा युरोपको बेल्जियममा सम्पन्न

Share:

इन्दिरा चाम्लिंग / बेल्जियम

नेपाली व्यवसायी संघ बेल्जियमको वार्षिक साधारण सभा युरोपको बेल्जियममा सम्पन्न भएको छ । युरोपमा नेपाली उत्पादनका सामाग्रीको प्रबर्धन गर्ने विषयमा व्यापक छलफल गर्दै बिहिबार बेल्जियमको रान्स्ट शहरमा साधारण सभा सम्पन्न भएको हो ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासको अध्यक्षतामा भएको साधारण सभामा नेपाली व्यवसायी संघ बेल्जियमका संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारीे प्रमुख अतिथि रहेका थिए । साधारण सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले बेल्जियममा नेपालीहरुले व्यवसायी संघ स्थापना गरी नेपाली सामानको व्यापार गर्नु महत्वपूर्ण काम भएको बताएका थिए । त्यसैगरी रान्स्ट शहरका मेयर बार्त बोरिसले साधारण सभाको सफलताको शुभकामना दिदै बेल्जियममा नेपालीहरुले राम्रो काम गर्दै आएका बताए ।

नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष कासी दनैको स्वागत मन्तव्य बाट सुरु भएको साधारण सभामा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, पूर्व अध्यक्ष गंगाधर गौतम त्यसैगरी प्रेम गुरुङ, लोक दाहाल र चित्र सुबेदीले मन्तव्य राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

साधारण सभामा नेपाली व्यवसायी संघ युरोप संयोजक एवम् नेपाली व्यवसायी संघ बेल्जियमका निवर्तमान महासचिव मदन दवाडी, नेपाली व्यवसायी संघ नेदरल्यान्डका अध्यक्ष संघर्षसिल केसी, नेपाली जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल लगायतले साधारण सभाको सफलताको शुभकामना दिदै युरोपमा नेपाली उत्पादनका सामाग्रीको प्रबद्धन गर्न सबै नेपालीहरु एक भएर लाग्नु पर्ने विषयमा जोड दिएका थिए ।

नेपाली व्यवसायी संघ बेल्जियमका सचिव रिचा गुरुङले संचालन गरेको साधारण सभामा संघको आगामी योजना बारे सचिव बाबुराम शर्माले प्रकाश पारेका थिए भने कोषाध्यक्ष भुवन सुबेदीले आर्थिक तथा वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

 

Share:

सम्बन्धित समाचारहरू