माल्टा नेपाल अनलाइन / युरोप भ्रमणमा आएका भूतपुर्व वडा अध्यक्ष शिवलाल अर्यालले भ्रष्टाचार मुुक्त देश भए युवाले विदेशिनु नपर्ने बताएका छन् । पत्रकारसँग कुरागर्दै ६६ वर्षिय अर्यालले युवालाई विदेश पलायन हुनबाट रोक्न भ्रष्टाचार मुक्त देश हुनुपर्ने बताएका हुन् ।
गुल्मी आँपचौर ७ धुमी घरभइ हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका १ रानीबगिया बस्ने अर्याल युरोपको माल्टामा भ्रमणमा आएका छन् । युरोप भ्रमणमै रहेका बेला मगर समाज माल्टाले आयोजना गरेको मगर एकता दिवस कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका तत्कालीन भूतपुर्व वडा अध्यक्ष अर्यालले कार्यक्रममा सहभागी भएका सयौं युवाहरुलाई देखेपछि आफू भावुक भएको भन्दै युवा विदेश पलायनको प्रमुख कारण भ्रष्टाचार भएको उनले बताए ।
राजनीतिक दलहरु देश र जनताप्रति इमानदार नभएकै कारण आज देश समस्यामा परेको छ । युवाहरुलाई देशमै रोजगार सिर्जना गर्न राजनीतिक दलहरु सच्चिएर भ्रष्टाचार मुक्त देश बनाउनुको अर्को विकल्प नरहेको अर्यालले बताए । देशको ठूलो अर्थतन्त्र भ्रष्टाचार गरेर नै सकिएकोले देशमा विकास निमार्णका कामहरु हुन नसकेको उनले तीतो अनुभव सुनाए ।
भ्रष्टाचार गरेको रकमले कलकारखाना, उद्योगहरु संचालन गरी विदेश पलायन हुने युवाहरुलाई देशमै रोजगारी दिएको भए आफ्नो देश छोडेर कोहीपनि युवाहरु विदेश जाने नै थिएनन् । देशका युवाहरुलाई विदेश पठाउनमा राजनीतिक दल र नेताहरुको भूमिका धेरै छ । यो तीतो र सत्य यर्थात राजनीतिकदलहरुले स्वीकार गर्नुपर्छ । स्वीकार गरेर मात्र हुँदैन परिवर्तन र देशका हितका निम्ती नेताहरु सच्चिन अति आवश्यक रहेको उनी बताउँछन् । तत्कालीन समयमा कानून राम्रो नभएर नेपाली जनताले दुःख पाए । नेपाली जनताले समय समयमा परिवर्तनका लागि गरेको त्याग तपस्या र बलिदानले आफै संविधान निर्माण गरेपनि संविधानको सही कार्यन्वयन नभएकै कारण फेरीपनि देश र जनताले दुःख पाएको अर्याल दुखेसो पोखे ।
नेपाली युवाहरुको मिहिनेत र तागतले विदेशका देशहरु सबल बनेका छन् । यीनै युवाहरुको तागत देश विकासमा लागेको भए देशले विकासको फड्को मार्ने थियो । सिर्जनशिल युवा विदेशिनु देशका लागि धेरै घाटा हो । माल्टामा नेपाली युवा र युवती देख्दा मेरो मन निकै दुखेको छ । विदेशमा रहेका नेपाली युवाहरुलार्ई देश कसरी र्फिता बोलाउने होला भनेर मनमा धेरै प्रश्नहरु उठेको अर्यालले बताए । नेपाल जस्तो सुन्दर देश र नेपालीका जस्तो सहयोगी र मानवीय भावना भएको मान्छेहरु विश्वमा भेटाउन सकिदैन् । प्राकृतिक रुपमै हाम्रो सुन्दर देशलाई कुरुप बनाउने काम कसैले गर्न नहुने भन्दै यदि नेताहरु नसच्चिए युवाहरुले रानैतिक विकल्प खोज्नुपर्नेमा उनले जोड दिए ।
म आफैपनि राजनितिज्ञ हुँ । २०४९ सालमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएको थिए । उनले भने, “तत्कालीन समयमा ११ वर्षसम्म अध्यक्षको जिम्मेवारी सम्हालेर जनताको पक्षमा काम गरे । तर पछिल्लो समयमा देशमा शासन व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकोले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।” आफै आवद्ध र आस्थावान रहेको राजनीतिक दलका गलत निर्णय र कदमका विरुद्ध आवाज उठाउने युवाहरुले हिम्मत गर्नुपर्छ । आवश्यक्ता अनुसार देशका लागि युवाहरुले नयाँ विकल्प खोज्न तयार हुनुपर्ने उनले बताए ।
राज्यले नेपालमा कृषि क्षेत्रमा लगानी गरेर खेतबारी बाँझो नराख्ँने नीति अगाडी सार्नुपर्छ । कृषि कर्ममा लागेकाहरुलाई सम्मान गर्नुपर्छ । तर यहाँत कृषि गर्नेलाई नभएर राजनीतिक पहुँचकै आधारमा गैरकृषकलाई अनुदान दिने, राज्यको सेवा सुबिधा दिने प्रचलनकै कारण समस्या उत्पन्न भएकोे उनको विचार छ । यसरी पक्षपाती गर्दै पार्टी कार्यकर्तालाई संरक्षण गरेकै कारण देश बर्बाद भएको अर्यालले बताए ।
यमलाल अर्याल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका भूतपुर्व अध्यक्ष एवम् एनआरएनएका केन्द्रिय सदस्य समेत भइ सकेका बाबु अर्याल र एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवम् युरोप क्षेत्रीय सचिव भुवन अर्यालका बुवा हुन् । श्रीमती सहित युरोप भ्रमणमा माल्टा आएका उनले विदेशमा नेपाली युवालाई देख्दा देशको अवस्था झलझली दिमागमा आएको बताए ।
युरोपमा व्यवसाय गरेर बसेका छोराबुहारीलाई फर्केर आफ्नै देश जाऔं र केही गरौं भन्न सक्ने देशमा कुनै आधार नदेख्दा मन पिरोलिएको छ मेरो । युवाहरुलाई विदेश पठाउने होइन् । विदेशिएका युवाहरुलाई नेपाल फिर्ता पठाउने विश्वासको वातावरण सिर्जना गर्न राजनीतिक दलका नेताहरुलाई अर्यालले आग्रह गरे । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्र कच्चा घरजस्तै हो । जतिबेला पनि ढल्न र भत्किन सक्छ भन्ने बुझाइ राखेर देश निमार्णको बलियो अर्थतन्त्र देशमै खोज्नु पर्नेमा अर्यालले जोड दिए ।