माल्टा नेपाल अनलाइन सम्बाददाता
माल्टा/ साँचो सेवाभाव देशको सिमा र दूरीले थुनिँदैन। चितवन घर भइ हाल माल्टामा बस्दै आउनु भएका समाजसेवी हरि प्रसाद पौडेल यतिबेला परदेशमै रहेर पनि परदेश देखी आफ्नै घरदेशका बिरामी र दुःखीहरूका लागि आशाको साहारा बनेका छन्।
“परदेशदेखि घरदेशसम्म” सेवा पुर्याउँदै आएका पौडेलको हालैको एक प्रेरणादायी पहल नवलपरासीको गैडाकोटमा बसोबास गर्दै आउनु भएकी सरिता कार्की को जीवनसँग जोडिएको छ।
कार्की१४ वर्षअघि रुखबाट लड्दा मेरुदण्डमा गम्भीर चोट लागेपछि सरिता कार्की दुबै खुट्टा चलाउन नसक्ने अवस्थामा पुगिन। त्यसै बखत श्रीमानले सौता हाले, परिवारको तिरस्कारमा परिन तर हार नमान्दै, म्यानुअल ट्राइसाइकलको सहारामा घरेलु सरसफाइ सामग्री—हार्पिक, फिनेल, साबुन आदि—बेच्दै जीवनयात्रा अगाडि बढाउँदै जीवन चलाउदै छिन् ।
म्यानुअल ट्राइसाइकल चलाउनुपर्ने बाध्यता, उकालो जान नसकिने अवस्था, र शारीरिक थकानले गर्दा उहाँको व्यवसायिक यात्रामा अनेक अवरोधहरू छन्। यही कारण, अब सरिता कार्कीले इलेक्ट्रिक ट्राइसाइकल को सहारामा सहज रूपमा जीवनयापन गर्न पाउने भएकी छिन् ।
इलेक्ट्रिक ट्राइसाइकलको लागि लागत करिब १ लाख ७० हजार रुपैयाँ अनुमान गरिएको हुँदा जसमा छाता, सामान राख्ने स्थान, र अन्य आवश्यक कस्टमाइजेसनहरू हुनेछन्। सरिता आफैंले २५ हजार रुपैयाँ आफैं व्यवस्थापन गरेकी छिन् भने बाँकी रकम जुटाउन, हरि प्रसाद पौडेलले परदेशबाटै यो अभियान सञ्चालनको बीडा उठाएका छन् ।उनको पहलमा देश बिदेशबाट नेपालीहरुले अभियानमा साथ दिइरहेका पौडेल बताउँछन् ।
इन्फिनिटी ल्याब–आरएण्डडी, चितवनका सञ्चालक इञ्जिनियर सुनिल परियार, जसको प्राविधिक सहयोगमा ट्राइसाइकल निर्माण
कार्य भइरहेको छ।सरिताको छोरा अहिले कक्षा १ मा अध्ययनरत छन्। उनको अवस्थालाई हेर्दै विद्यालयले ६ महिनाको शुल्क छुट दिएको , तर बाँकी दैनिकी अझै कठिन रहेको सरिता कार्की बताउछिन् ।
हरि प्रसाद पौडेलको पहलले पुनः एक पटक प्रमाणित गरिदिएको छ। “सेवा भावनाले सीमाना छिचोल्छ, र समर्पणले सपनाहरू साकार पार्न सक्छ। यदि सय जनाले सय रूपैयाँ दिए भने पनि ठूलो परिवर्तन सम्भव छ,” पौडेल भन्छन् ।
यो अभियान सरिता कार्कीलाई आत्मनिर्भर बनाउने मात्र होइन, अपांगता भएका अन्य व्यक्तिहरूका लागि पनि “एक प्रेरणाको उदाहरण” बन्नेछ। साथ मिल्यो भने बाटो खुल्छ। सहयोग मिल्यो भने आशा पलाउँछ। विश्वास मिल्यो भने सपना साकार हुन्छ।
परदेशमा रहेर पनि घरदेशका पीडितहरूको पीडालाई आफ्नै पीडा मानेर सेवा गर्दै आउनु भएका हरि प्रसाद पौडेलको यो प्रयास समाज परिवर्तनको आधार बन्ने विश्वास लिइएको छ।