माल्टा नेपाल अनलाइन / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) माल्टाको २०२५–२०२७ कार्यकालका लागि मनोनयन दर्ता खुला गरिएको छ । एनआरएनए माल्टाको विधान अनुसार प्रक्रिया पूरा गरेर सदस्यता प्राप्त गरेकाहरुले आफू इच्छुक रहेको पदमा मनोनयन दर्ता गर्नको लागि मनोनयन दर्ता खुला गरिएको निर्वाचन समितिका संयोजक भुवन अर्यालले बताएका छन् । मनोनयन दर्ताको लागि जुलाई २६ तारीख बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिएको अर्यालले बताए ।
विर्वाचन समितिले अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरेको छ । आफ्नो नाम हेर्नको लागि प्रारम्भिक मतदाता नामावलीको लिंक मा गएर र वा एनआरएनए माल्टा महाधिवेशन २०२५ को पेजमा गएर पनि हेर्न सकिने एनआरएनएएनसिसी माल्टाको निर्वाचन समितिले जानकारी दिएको छ ।
मनोनयन दर्ता गर्नको लागि प्रश्तावक र समर्थकको नाम थर, सदस्यता र परिचय पत्र नम्बर उल्लेख गरेर उम्मेदवारले निवार्चन समितिमा निवेदन पेश गर्नु पर्नेछ । जसका लागि आइसीसी सदस्यको लागि ६ सय युरो , अध्यक्ष पदको लागि ५ सय युरो, खुल्ला उपाध्यक्ष ५ जनाको लागि ४ सय युरो, महिला उपाध्यक्षको लागि २ सय युरो, युवा उपाध्यक्षको लागि २ सय ५० युरो, महासचिव ३ सय ५० युरो, उपमहासचिव लागि ३ सय युरो, सचिव ३ जनाको लागि २ सय ५० युरो, कोषाध्यक्ष पदको लािग २ सय ५० युरो शुल्क तोकिएको छ ।
त्यसैगरी सह–कोषाध्यक्षको लागि १ सय ५० युरो, युवा संयोजकको लागि १ सय ५० युरो, महिला संयोजको लागि १ सय युरो र सदस्य पदको लागि ८ जनाको १ सय युरो शुल्कको व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । जुलाई महिनाभित्र महाधिवेशन सम्पन्न गर्नको लागि निर्चाचन समिति माल्टाले एनआरएनएको विधान वमोजिम तीर्व रुपमा काम गर्दै आएको छ ।