झापाली समाज माल्टाले नयाँ वर्ष मनाउने सांगीतिक कार्यक्रममा चर्चित गायिका मेलिना राई आउँदै

Share:

माल्टा नेपाल अनलाइन / झापाली समाज माल्टाले नेपाली नयाँ वर्षको अवसरमा आयाजना गर्न लागेको सांगीतिक कार्यक्रममा चर्चित गायिका मेलिना राई माल्टा आउने भएकी छन् । सांगीतिक प्रस्तुति दिनका लागि राई माल्टा आउन लागेको झापाली समाज माल्टाका महासचिव ऋषिराम काफ्लेले बताए ।

रोजगारीको सिलसिलामा माल्टामा रहेका प्रवासी नेपालीलाई नयाँ वर्षको खुसीयालीमा मनोरन्जन दिनका साथै नेपाली कला, संस्कृती र गीतसंगीतको प्रवद्धन गर्नको लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष एकराज राउतले बताए ।

अप्रिल १७ तारीख शुक्रबारका दिन माल्टाको जिरामा रहेको अप्रियम थ्रियटरमा नयाँ वर्ष मनाउनको लागि साँझ ४ बजेदेखि सांगीतिक कार्यक्रम हुने भएकोले सबैलाई अनरोध गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भई सकेको कार्यक्रम संयोजक नवराज बानियाले जानकारी दिएका छन् ।

Share:

सम्बन्धित समाचारहरू